असारमा अफ्रिकन फिल्म फेस्टिबल

Kinyarwa-souryadailyकाठमाडौं : तेस्रो नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१३ आगामी असारमा आयोजना हुने भएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनले गत दुई वर्षदेखि आयोजना गर्दै आएको यो फेस्टिबल यसवर्ष पनि निरन्तरता दिन लागिएको हो । फेस्टिबलमा नेपाल र अफ्रिकी मुलुकका छोटा तथा लामा चलचित्रको सहभागिता रहनेछ ।
४ असारदेखि १४ सम्म आयोजना हुने फेस्टिबलमा नेपालका तर्फबाट दासढुंगा, यसरी नै आरू फुल्छ, बर्मा इन माइ माइन्ड र द काम्री फिल्म देखाइनेछ । त्यस्तै, फेस्टिबलमा इजिप्टको नासर ५६, साउथ अफ्रिकाको स्किन, बोफा र साराफिना, रुवान्डाको सम टाइम्स इन् अप्रिल र होटल रुवान्डा, सेन्ट्रल अफ्रिकाको वाइल्ड अफ्रिका, तान्जानियाको अंकल जेजे र एन्गोरोन्गोरो, जिम्बाबेको सेयरिङ डे, नाइजेरियाको क्राइसिस इन् पाराडाइज र किन्यावान्डा प्रदर्शन हुनेछ । त्यसैगरी, फेस्टिबलमा युगान्डाको ब्याटल अफ द सोल र विन्डोज अफ होप, जैरी डिआरसीको लेस डर्नियर्स कोलोन, वेस्ट अफ्रिकाको किरिकोउ, रुसको लेनिन ग्राड र इकोनोमिक अफ काजन केन्याको द ह्वाइट मेसाई, डेनमार्कको ब्याग ब्लिक्सन मास्के र यस्टर्डेज स्लेभ, फ्रान्स, बेल्जियम चाडको ए स्क्रिनिङ मेन र जाम्बियाको केरकेर जुकेरा पनि प्रदर्शित हुनेछ ।
यसवर्ष नेपाल र अफ्रिकाबीचको दूरीमा पुलको काम गरौँ भन्ने नारासाथ फेस्टिबल आयोजना गर्न लागिएको कलेज तथा फेस्टिबलकी निर्देशक मञ्जु मिश्रले जानकारी गराइन् । उनले भनिन् ‘फेस्टिबलले नेपाल र अफ्रिकाबीच पर्यटन प्रवद्र्धन हुने विश्वास लिएका छौँ, । फेस्टिबलमा नेपालसहित १५ अफ्रिकी मुलुकका फिल्मको प्रदर्शन आयोजकको लक्ष्य छ । (सौस)

प्रतिक्रिया