दिनभरि निर्माण, रातभर नोक्सान

कावासोती : पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीको लोकाहा खोलाको डाइभर्सन (वैकल्पिक सडक) जेठ लागेपछि मात्रै तीनपटक बगाएको छ । दिनभरि निर्माण गरेको डाइभर्सन राति आउने आकाशेपानीको भलले बगाउँदा यात्रुले सास्ती बेहोर्नु परेको छ । गत असोजमा ओभरलोडको ट्रक हिँड्दा लोकाहा खोलाको पुल भाँच्चिएपछि नजिकै दक्षिणपट्टिबाट डाइभर्सन निर्माण गरिएको थियो ।
असोजबाट जेठसम्म आउँदा चारपटक डाइभर्सन निर्माण भएको छ । तर, त्यो निर्माणको काम एक दिन पनि टिक्न सकेको छैन । दुईपटक दिनमा बनाउने रातमा बगाउने भएको छ । सडक डिभिजन कार्यालय बुटवलले डाइभर्सनमा लाखौँ खर्च गरेको छ । तर काम भने ज्यूँ का त्यूँ छ । देशकै एक मात्र प्रमुख राजमार्ग बन्द हुने अवस्थामा पुगेको र सरकारी काम झारा टार्ने मात्र हुँदा यात्रुले कष्ट बेहोर्नु परेको छ ।

प्रतिक्रिया