सञ्चारिकाको वार्षिक साधारणसभा

काठमाडौं : पत्रकार महिलाहरूको संस्था सञ्चारिका समूहले आइतबार सत्रौँ वार्षिक साधारणसभा मनाएको छ । सो अवसरमा विभिन्न सञ्चारमाध्यममा काम गर्ने पाँच पत्रकारलाई सम्मानित गरिएको छ ।
सञ्चारिका समानता पत्रकारिता पुरस्कारबाट जनकराज सापकोटा र मनबहादुर बस्नेतलाई सम्मानित गरिएको छ । त्यस्तै, उमा सिंह पत्रकारिता पुरस्कार चाँदनी हमाल र प्रोत्साहन पत्रकारिता पुरस्कार स्नेहलता झा र सामुदायिक सूचना सञ्जालकी सविता विकलाई दिइएको छ ।
प्रमुख अतिथि सञ्चारमन्त्री माधव पौड्यालले समानतामूलक समाज निर्माणमा सञ्चारिका समूहले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । श्रमजीवी पत्रकार ऐन व्यवहारमा लागू नभएको भन्दै उनले दु:ख पनि व्यक्त गरे । (सौस)

प्रतिक्रिया