खनाल र ठाकुरले भेटे महतोलाई

Jhalnathकाठमाडौ, १२ जेठ । आमरण अनसनबाट प्रहरीले जबर्जस्ती उठाएर अस्पताल भर्ना गरिएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य अवस्था बुझ्न नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर वीर अस्पताल पुगेका छन् ।

आज दिउँसो अस्पताल पुगेका यी दुई शीर्ष नेताले महतोको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका लिएका थिए । भेटमा खनालले उच्चस्तरीय राजनीतिक समितिका शीर्ष नेताबीच छलफल भईरहेको र एक दुई दिनै भित्रै चुनाबको मिति घोषणा गर्न सरकारलाई आग्रह गरिने भएकाले आमरण अनसन तोड्न आग्रह गरेको महतोका प्रेस सल्लहकार निमेष कर्णले जानकारी दिए । खनालसंगै एमालेका पोलिट ब्युरो सदस्य रघुजी पन्त र सचिव बिष्णु पौडेल पनि वीर अस्पताल पुगेका थिए ।
तमलोपा अध्यक्ष ठाकुर, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का महासचिव अकवाल अहमद साह, अधिवक्ता सुरेन्द्र महतो, स्तम्भकार सिके लाल, समाजसेवी दिगम्भर झा लगायतका व्यक्तिहरुले आज महतोलाई भेटेको कर्णले बताए ।
निर्वाचनको मिति घोषण, निर्वाचन क्षेत्र पूननिर्धारण आयोग गठन, शान्तिवार्तामा आएका तराईका सशश्त्र समुहलाई चुनावी प्रक्रियाबाट मुलधारमा ल्याउने, नेपाल–भारत सीमामा भारतीय रुपैयाँ सटही काउन्टर स्थापना, मल, खाद्यका लागि राहत, सरकार, संवैधानिक निकाय र अदालत लगायतका स्थानमा समानुपातिक समावेशी नियुक्ति लगायत १० बुँदे माग सद्भावना आन्दोलनमा छ ।

 

प्रतिक्रिया