खोजखबर

अन्धाधुन्ध हतियार प्रहारले एक दर्जन बढी घाइते

सौर्य अनलाइन २०७० जेठ १० गते ११:२० मा प्रकाशित

सिरहा, १० जेठ । भोजभतेरको विषयलाई लिएर स्थानीयबीच भएको झडपमा दुई महिलासहित एक दर्जन बढी घाइते भएका छन् । सिरहाको फुलकहाकट्टी वडा नं. ७ जयपुरमा स्थानीय रामचन्द्र महतोको छोरीको विवाहमा भोज खाने र नखानेबीच विवाद भएपछि त्यसले झडपको रुप लिएको थियो ।
घरेलु हतियारसहित आएका रामलोचन ठाकुर समूहले स्थानीयलाई अन्धाधुन्थ कुटपिट गरेका थिए । ठाकुरका साथै मनोज ठाकुर, विनोद ठाकुर, पंचलाल महतो, रामचन्द्र यादव, राजेन्द्र ठाकुर लगायत व्यक्तिहरुले घरेलु हतियारले प्रहार गरेको घाईते स्थानीयले बताएका छन् । घाईते हुनेमा देवी यादव, फुलमन्ती महतो, धनिराम महतो, राजकिशोर यादव, जितन महतो, श्रीराम महतो, सहदेव महतो लगायत छन् । उनीहरुको लहानस्थित रामकुमार उमाप्रसाद मुरारका अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले कुटपिटमा संलग्न रहेको भन्दै राजकिशोर यादव, सुकदेव महतो र जितन महतोलाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय धनगढीले कुटपिटमा संलग्न रहेको भन्दै स्थानीये छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय