जलाएर हत्या गरेको अवस्थामा बालिकाको शव फेला

राजविराज, ८ जेठ । सप्तरीको कोईलाडी बरसाईन ५ मा हिजो राति एक १२ वर्षीया बालिकाको निर्ममतापूर्वक हत्या गरिएको छ । आगो लगाएर हत्या गरिएकी बालिकाको पहिचान भने खुलेको छैन ।
कोईलाडी ५ स्थित नहरको छेउमा आगो लगाएर जलाईएको अवस्थामा बालिकाको शव फेला परेको हो । आज बिहान करीव ८ स्थानीयवासीले जलेको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । बालिकाको अनुहार लगायत शरिरको ८० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।
पहिचान खुल्न नसकोस भन्ने उद्धेश्यले नै हत्यापछि उनको शवमा पेट्राल छर्केर आगो लगाईएको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीयले भने बालिकालाई अन्य कुनै स्थानवाट ल्याई बलात्कार पछि हत्या गरेको आशंका गरेका छन् । यसको विषयमा प्रहरीले भने कुनै प्रतिक्रिया दिएको छैन । पछिल्ला दिनमा देशका विभिन्न ठाँउमा बालिका बलात्कार घटनाका साथै मानवहत्याका घटनाहरु बढ्दै गएका छन् ।

 

प्रतिक्रिया