सरकारी छानविन टोली घटनास्थलमा

Sadrul Minya Hakराजविराज, ८ जेठ । विघटित संविधान सभाका सदस्य सदरुल मिया हकको हत्याबारे छानविन गर्न सरकारद्वारा गठित छानविन टोली आज सप्तरी आईपुगेको छ । टोलीले स्थानीय प्रशासन तथा सर्वसधारणको सहयोगमा छानविन सुरु गर्ने जनाईएको छ ।
पूर्वसभासद् हकको हत्या घटना लगत्तै सरकारले नेपाल प्रहरीका एआइजी दिनकरशमशेर राण्ाँको संयोकत्वमा पुर्वाञ्चलका प्रहरी प्रमुख पर्शुराम खत्री र राष्ट्रिय अनुसन्धानका पूर्वाञ्चल प्रमुख सदस्य रहेको तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । उक्त टोली सहित सप्तरीका प्रमुख जिल्ला अधिकारी हरीकृष्ण पौडेल, एसएसपी भोगवहादुर थापा, एसपी सञ्जयसिंह वस्नेत, ससस्त्र प्रहरीका एसपी वेचन यादव लगायतको टोली घट्ना स्थलमा पुगिसकेको सप्तरीको प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए ।
यसअघि हिजो नै घटना छानविनका लागि प्रहरीका तालिमप्राप्त कुकुरहरु ल्याई आवश्यक छानविन भएको र कुकुरका माध्यमले हत्याराको खोजविनमा प्रहरीले महत्वुर्ण सूचना प्राप्त गरेको प्रहरीले जनाएको छ । ‘प्रहरीले धेरै सुराक पत्ता लगाएको छ’ डिएसपी चौधरीले भने ‘१÷२ दिन भित्रै हत्यारा पक्राउ गर्ने गरी हामीले काम गरिरहेको छौ ।’ यसैगरी पुर्व सभासद विसेन्द्र पासवानको संयोजकत्वमा गठित ७ सदस्यीय स्थानीय वार्ता टोली र प्रशासनको सहमतिमा पुन घटनास्थलमै ल्याउने सर्त अनुसार हिजो राति ११ वजे हकको शवलाई पोष्टमार्टमका लागि विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । पोष्टमार्टमको रिपोर्ट हालसम्म आएको छैन ।
यता हकको हत्याबाट आक्रोशित स्थानीयले आज पनि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । तत्काल घटनाको छानविन, मृतकलाई शहिद घोषणा, हत्यारालाई कारवाही, मृतकका परिवारलाई क्षतिपूर्ती लगायतका माग राखी उनीहरुले प्रदर्शन गर्दै आएका छन् । दुई दिन देखिको लगातारको बन्दले सयौ सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया