ब्रिटनीको चाहना : छोरी

britney_spearsलन्डन : पपस्टार ब्रिटनी स्पियर्स छोरी जन्माउन चाहन्छिन् । हालै मात्र उनले आफूमा छोरीकी आमा बन्ने चाहना रहेको सार्वजनिक गरेकी छन् ।
‘आई एम नट ए गर्ल’ जस्ता सर्वाधिक चर्चा कमाउन सफल एल्बम गीत/संगीतप्रेमीमाझ पस्कन सफल स्पियर्समा यो चाहना भर्खरै मात्र जागृत भएको हो । ३१ वर्षीया स्पियर्सका पूर्वश्रीमान् केविन फेडरलाइनतिरका दुई छोरा उनका साथमा छन् । जसको नाम सिन र जाएदेन हो ।
स्पियर्स अचेल डेबिड लुकाडोको प्रेमसम्बन्धमा छिन् । सोही सम्बन्धको आडमा उनले एक सार्वजनिक कार्यक्रममा आफूमा छोरीकी आमा बन्ने चाहना रहेको बताएकी थिइन् । सोही कार्यक्रममा यी गायिकाले दुई छोराबारे भनिन्, ‘मेरो क्यारियरको नक्सा कदममा हिँडे भने उनीहरूले आफ्नो क्यारियर बनाउन सक्नेछन् ।’ (एजेन्सी)

प्रतिक्रिया