फूलमा भमरा आइहाल्छ नि !

karuna7उदयपुर,४ जेठ । सानै उमेरदेखि कलाकारिता र मोडलिङ र घुमफिर गर्न मनपराउने उदयपुर त्रियुगा नगरपालिका—१३ तोरीबारीकी करुणा कार्की पछिल्लो समयमा मोडलिङसँगै अभिनयमा जम्न थालेकी छन् । मोडलिङ गर्दा गर्दै म्युजिक भिडियोमा अभिनय गर्न अफर आएका कारण अभिनयतिर ढल्किएकी कार्की उदयपुरे गायक चन्द्र तामाङको पूर्वेली लोक आधुनिक एल्बम भावनाको गीतिमाथि बनेको भिडियो पर्दामा देखिएकी हुन् । करुणालाई यतिबेला अभिनय गर्न भ्याइनभ्याइ छ । सानैदेखि कलाकारीतामा रुचि भएका कारणले पढाइभन्दा अभिनयलाई बढी समय दिन थालेकी कर्कीले पछिल्लो समयमा उदयपुरकै टप मोडल तथा कलाकारको छवि बनाइसकेकी छन् ।
क्याम्पस जाँदा बाटैबाट सुटिङतिर लाग्थेँ, करुणले भनिन् । मोडलिङ सँगसँगै अभिनयमा समेत होमिएकी उनले विभिन्न सडक नाटकमा समेत अभिनय गरेकी छन् । पहिलो अभिनय गरेको भिडियोबाट निक्कै चर्चा कमाएकी करुणा यतिखेर दर्जन म्युजिक भिडियोमा अभिनय गर्दै छिन् । अभिनय र मोडलिङ नगर्न पारिवारिक दबाब आएको छ, तर पनि मैले यसलाई निरन्तरता दिइरहेकी छु, उनले भनिन् । मोफसलका कलाकारहरूले आँखा लगाउन थालेपछि उनी झन् व्यस्त हुन थालेकी छन् । भन्छिन्, ‘मेरो अभिनय राम्रो देखेर धेरै ठाउँबाट ठूला पर्दाका चलचित्रका अफर आएका छन्, तर मैले भ्याएकी छैन । अचेल केन्द्रका कलाकारहरूले पनि आँखा लाउन थालेका उनले सुनाइन् ।
छोटो समयमै धेरै चर्चा पाउन सफल कार्की यससम्बन्धमा भन्छिन्, ‘राम्रो फूल फुलेको ठाउँमा भ्रमरा त आइहाल्छ नि †’ चलचित्र र म्युजिक भिडियो निर्माताका आँखामा पर्न सफल भएपछि चर्चा कमाउन समय लाग्दैन । त्यो चर्चासँगसँग उनलाई विभिन्न प्रपोजहरूको पनि ओहिरो लागेको छ । एसएमएसमार्फत आइ लभ यु भन्नेदेखि सेक्स प्रस्तावसम्म राख्नेको ओहिरो छ, उनी भन्छिन् । तर, मैले बाल नदिएपछि आफँै साइड लाग्छन् । मेरो अभिनय हेरेर निर्माताहरू मलाई चलिचित्रका लागि अफर पनि गर्छन् । पारिवारिक समस्याका कारण चलचित्रमा अभिनय गर्न समय नमिलेको उनले सुनाइन् । त्यसो त ठूला पर्दाका चलचित्रमा अभिनय गर्ने रहर उनलाई नभएको भने होइन यस क्षेत्रमा किशोरी सुरक्षित नहुने भन्दै पारिवारिक दबाब भएकाले रहर मार्नुपरेको उनले खुलाइन् ।
भावना एल्बमका आऊ है कान्छी उदयपुर घुम्न, ड्राइभर दाइ खलासी भाइ जस्ता गीतमा अभिनय गरेकी कार्कीको ठूलो पर्दाको रहर मनमा छ, त्यसैले उनी भन्छिन्, ठूलो पर्दामा खेल्ने रहर छ । तर, अहिले समय आएको छैन ।

प्रतिक्रिया