′निर्वाचनपछि एमाले पहिलो शक्ति′

Jhalnath-khanalकाठमाडौं, ३ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आसन्न संविधान सभा निर्वाचनपछि आफ्नो पार्टी सबैभन्दा ठूलो शक्तिका रुपमा उदय हुने दावी गरेका छन् ।
बीसौं मदन आश्रित दिवसका अवसरमा पार्टी मुख्याल बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले निर्वँचनबाट एमाले पहिलो पार्टी बन्ने दावी गरेका हुन् । अघिल्लो निर्वाचनमा एमाओवादीले जितेकै कारण संविधान बन्न नसकेको आरोप लगाउँदै खनालले संविधान निर्माणका लागि पनि एमाले विजय हुनै पर्ने उल्लेख गरे । उनले निर्वाचनका लागि पार्टी नेता तथा कार्यकर्तालाई तयार हुन निर्देशन दिए । नेपालको कम्युनिष्ट आन्दोलनमा स्व. भण्डारी र आश्रितको ठूलो योगदान रहेको उल्लेख गर्दै खनालले यी दुई नेताकै कारण कम्युनिष्ट आन्दोलन यहाँसम्म आईपुगेको बताए । उनले जनताको बहुदलीय जनबादलाई कार्यान्वयन गर्दै पार्टी अगाडि बढ्ने धारणा राखे ।

प्रतिक्रिया