नेकपा–माओवादीको निशानामा विद्यालय

Ilamइलाम, १ जेठ । इलामस्थित इभाङ्ग माध्यमिक विद्यालयामा नेकपा–माओवादीले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
शिक्षक नियुक्ति प्रक्रियाप्रति असन्तुष्टी जनाउँदै नेकपा–माओवादीले आज (बुधबार) इभाङ्ग गाविसमा रहेको सो विद्यालयमा तालाबन्दी गरेको हो । उनीहरुले कार्यालयामा तालाबन्दी गरे पछि शिक्षक र विद्यार्थीलाई घर फिर्ता पठाई दिएका छन् ।
तालाबन्दी पछि विद्यालयको सम्पूर्ण कामकाज पूर्ण रुपमा प्रभावित भएको निमित्त प्रधानाध्यापक सञ्जयकुमार यादवले जानकारी दिए ।
नेकपा–माओवादीले बुधबार विज्ञप्ति जारी गरेर समस्या समाधानका लागि विद्यालयका तर्फबाट उचित वातावरण नबन्दासम्म ताला नखोलिने चेतावनी दिएको छ ।
विद्यालयका रिक्त तीन शिक्षक दरबन्दीमा ठूला पार्टीले भागबन्डा गरेको विरोधमा नेकपा–माओवादीले तालाबन्दी गरेको जनाएको छ ।
प्रधानाध्यापक रामबहादुर जोशीले शिक्षक नियुक्ति प्रक्रियामा कसैसँग भागबन्डा नगरेको दाबी गरे ।
यसैबीच विद्यालयमा तालाबन्दीपछि शिक्षक छनौटको लिखित परीक्षा स्थगित भएको छ ।

प्रतिक्रिया