दुव्र्यसनीविरुद्ध कार्यक्रम

देउखुरी, ३१ वैशाख । कुलत तथा दुव्र्यसनीविरुद्ध सचेतना फैलाउन सुरु भएको स्कुल अभियानको सोमबार दोस्रो दिन गोवरडिहाको सरस्वती उच्च माध्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गरिएको छ । दलित सचेतना अभियान दाङको आयोजना एवं जिल्ला विकास समिति र जिल्ला खेलकुद विकास समितिको सहयोगमा सञ्चालित कार्यक्रममा बोल्ने वक्ताले युवा विद्यार्थी क्रमिक रूपमा कुलत तथा दुव्र्यसनीको शिकार भइरहेको भन्दै त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिइएको छ । आइतबार गढवाको जनता उच्च माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो ।
अभियानअन्तर्गत देउखुरीका ८ वटा उच्च माध्यमिक विद्यालयमा कार्यक्रम गरिने भएको छ । आयोजक दलित सचेतना अभियानका अध्यक्ष गोपाल विकको अध्यक्षता एवं सरस्वती उच्च माध्यमिक विद्यालयका सहायक प्राचार्य चेतलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दलित सचेतना अभियानका कोषाध्यक्ष शषिराम नेपाली, पत्रकार तथा प्रशिक्षक दशरथ घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा लागुऔषध दुव्र्यसनीविरुद्ध पत्रकार दशरथ घिमिरेले प्रशिक्षण दिए । कार्यक्रमको सहजीकरण दलित सचेतना अभियानका सचिव अजय विकले गरेका थिए ।

प्रतिक्रिया