मोडलिङपछि गायनमा शिलु

Shiluकाठमाडौं : पछिल्लो समय मोडलिङ र अभिनयमा नव प्रवेशिका देखिने क्रम प्रतिदिन बढ्दो छ । यस्तैमा पर्छिन् शिलु भट्टराई पनि ।  मोडलिङबाट कलायात्रा सुरु गरेकी शिलुले दर्जनौँ म्युजिक भिडियो अभिनयको अनुभवपछि गायनमा पाइला चाल्दै छिन् । ठाउँको ठाउँ ढल्ने जस्तो एल्बमको नाम जुराएकी छन् उनले ।
ठाउँको ठाउँ ढाल्ने जस्तो, मलाई कति पिर छ, कित बुढी त्याग कान्छा, मलाई बिर्स… लगायतका बोलका चार गीत एल्बममा समावेश छन् । यी सबै गीतमा तेजफ रेग्मीको शब्द छ ।
यिनै गीतबाट आफू गायनको उचाइमा पुग्ने सपना छ उनको । यसको अलवा गीतकार तथा लय संकलक शिव हमालको आगामी गीतमा पनि उनले स्वर दिने भएकी छन् । (सौस)

प्रतिक्रिया