चलचित्र साँघुरो

Diya-Maskeकाठमाडौं : चलचित्र सिंगल रिलिज अचेल कल्पनाबाहिरको कुरा भएको छ । सधैँ दुई वा सोभन्दा बढी संख्याका चलचित्र फ्राइडे रिलिजमा सार्वजनिक प्रदर्शनमा आउने गरेका छन् । यस्तैमा आज शुक्रबार अर्थात् यो साता ‘साँघुरो’ ‘ब्ल्याक नाइट’, ‘पहिलो माया हो मेरो’ र ‘रिङरोड’ गरी चार चलचित्र प्रदर्शनमा आउने भएका छन् । ‘साँघुरा’का निर्देशक जोएस पाण्डे हुन् भने ‘ब्ल्याक नाइट’ मधुसूदन भट्टराईको निर्देशनमा तयार भएको चलचित्र हो । त्यस्तै, ‘रिङरोड’मा समुद्र भट्टको निर्देशन छ भने ‘पहिलो माया हो मेरो’ मा रामजी लामिछाने निर्देशक छन् ।
साँघुरो वर्ष ०७० को प्रतिक्षित चलचित्र हो । पछिल्लो समय नेपाली चलचित्रमा युवा नयाँ अनुहारको प्रवेशले व्यापकता पाएको छ । यस चलचित्र पनि युवाले नै निर्माण गरेका हुन् । यसअघि युवाले बनाएको चलचित्र लुट, चपलीहाइट, सायदको व्यवसायले पनि यस चलचित्रले उद्योगलाई माथि उठाउँछ भन्ने आश सबै पक्षले गरेका छन् ।
समीर मैनाली फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित यो पछिल्लो समय निर्माण भएका नेपाली चलचित्रमध्ये उच्च भएको दाबी निर्माण पक्षले गर्दै आएको छ ।
निकै मिहिनेत गरेर नयाँ कथावस्तुमा बनाएकाले यो अधिकांश चलचित्रभन्दा राम्रो छ । शुशांक मैनाली, दिया मास्के, दयाहाङ राई र अरुण कार्कीको मुख्य भूमिका छ । यौन मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको यस चलचित्रमा नेपाली समाजमा घटिरहेको यथार्थ घटनालाई समेत समेटिएको छ ।
समीर मैनालीले निर्माण गरेका यस चलचित्रको कथा विनोद पौडेलले लेखेका हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् । मदन गोपालको संगीत रहेको चलचित्रमा गीत अबिरल थापाको छ । यसलाई नरेन्द्र महर्जनले वितरण गर्न लागेका हुन् । नयाँ टेस्टको चलचित्र दर्शकसामु पस्कन आफू पनि उत्साहित रहेको उनले बताए ।
यस्तै, ओसन भिजनको ब्यानरमा निर्माण भएको चलचित्र रिङरोड प्रस्तुतकर्ता विजयगोपाल दली हुन् । राजधानी घेरेर रहेको २७ किलोमिटर सडक रिङरोडभित्र हुने विभिन्न घटनालाई समेटेर निर्माण गरिएको चलचित्रका निर्मातामा अजयगोपाल पृजा, अविता दली, सुवास श्रेष्ठ र तारा दली छन् । सहरी जनजीवनमा हुने गरेका हत्या, बलात्कार र बाँच्नका लागि गरिने संघर्षको कथा रहेको यो चलचित्रले एडल्ट सर्टिफिकेट पाएको छ । उषा खरेल, जिया केसी, वसन्त रिजाल, प्रशान्त केसी, खगेश अधिकारी, सुदर्शन आचार्यलगायतको चलचित्रमा अभिनय छ । चलचित्रमा यौनधन्दा तथा बलात्कार अनि चोरी–डकैतीसम्मलाई समेटिएको छ । रमण गायकको संगीत रहेको चलचित्रमा उनका साथै विनय केतु र रोशनी अधिकारीको गीतमा स्वर छ । चलचित्रमा देव महर्जनको द्वन्द्व तथा प्रकाश महतको छायांकन छ ।
ब्ल्याक नाइट हिराजबाबु गोर्खालीले निर्माण गरेको चलचित्र हो । पुरुषलाई महिलाले बलात्कार गरेको Sanghuroदृश्य यसमा समावेश छ । सुरज सिलवाल, निशा रिसाल, अनुपा कार्की, सुरेश सिलवाल, विक्रम आदित्य, युनिका खड्का, चन्द्र नेपाली, अप्सरा घिमिरेलगायतको अभिनय छ ।
चलचित्रमा ‘हामीलाई पोथी होइन भाले चाहियो’ भन्ने संवाद युवतीहरूले बोलेको हेर्न सकिन्छ । चलचित्रमा युवतीले युवकलाई रातको समयमा बाटो कुरेर दुईपटक बलात्कार गरेको दृश्य समावेश छ ।
आजैबाट प्रदर्शनमा आएको अर्काे चलचित्र हो पहिलो माया हो मेरो । सुमन सिंह र झरना थापाको चलचित्रमा मुख्य भूमिकामा अभिनय छ ।
नेपाली चलचित्रको वितरण र प्रदर्शन गर्दै आएको सन हिल्स फिल्म प्रोडक्सनले यो निर्माण गरेको हो । चलचित्रमा प्रेमकथालाई अली गहिरिएर देखाउन खोजिएको निर्माण पक्षले जनाएको छ । (सौस)

प्रतिक्रिया