“मस्तराम”मा ताराको अभिनय

Tara-Alisa-Beriमुम्बई : भारतीय गल्फ खेलाडी स्वर्गीय गौतम बेरीकी छोरी तारा अलिशा बेरी पनि बलिउड अभिनयमा देखिने भएकी छन् । चलचित्र ‘मस्तराम’ मार्फत उनी चलचित्र अभिनयमा देखिन लागेकी हुन् । केही समयपहिले सौतेला भाइ सिकन्दर बेरीका साथ सम्पत्ति किचलोमा फसेका कारण चर्चामा रहेकी बेरी गौतमका पहिलेकी श्रीमती किरण खेरपट्टिकी छोरी हुन् । किरण गौतमसँगको डिभोर्सपछि छुट्टै रहँदै आएकी छन् ।
अभिलेश जयसवालले निर्माण गर्ने यस चलचित्रमा अलिशाले लेखक मस्तरामकी श्रीमतीको भूमिका निर्वाह गर्दै छिन् । यसअघि ग्यांग्स अफ वासेपुरमा सहपटकथा लेखकका रूपमा काम गरेका जायसवाल यस चलचित्रबाट निर्देशनमा डेब्यु गर्दै छन् ।
‘चलचित्रको कथा तथा पटकथा सबै अध्ययन गरेर मात्र मैले यसमा अभिनय गर्ने सोच बनाएकी हुँ,’ अलिशाले भनिन्, ‘चलचित्र स्क्रिप्ट हेर्नुअघि मस्तराम को हुन् भन्ने मलाई थाहा थिएन ।’ आफूलाई चलचित्रको स्क्रिप्ट धेरै मन परेको उनले खुलाइन् ।
चलचित्रको भारतीय चर्चित एक पोर्न लेखकको कथामा आधारित छ । पछिल्लो समय बलिउडमा स्थान पाउँदै गरेको अश्लील र उत्शृृंखल दृश्य यस चलचित्रमा नरहने बेरीले सुनाइन् । चलचित्र व्यंग्यात्मक हुने उनको भनाइ छ । (सौस)

प्रतिक्रिया