३३ दल अब राष्ट्रपतिको राजीनामा माग्दै

काठमाडौं, २७ वैशाख । नेकपा–माओवादीसहित विपक्षी गठबन्धनका ३३ दलले राष्ट्रपति डा.रामवरण यादवको राजिनामा मागेका छन । संविधानका रक्षक रहेका राष्ट्रपतिबाट नै प्रतिगमनकारी र असंवैधानिक कदमहरु चालिएको उनीहरुको अरोप छ ।
प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार गठन प्रक्रियाप्रति नै असहमति जनाउँदै सडक आन्दोलनमा रहेका उनीहरुले बिहीवार निर्वाचन आयोगको कार्यालय अगाडी भएको प्रदर्शनका क्रममा राष्ट्रपतिले राजीनामा दिनुपर्ने माग समेत गरे । रेग्मी नेतृत्वको सरकार विघटन र सर्वदलीय चुनावी सरकार गठन तथा राष्ट्रपतिद्वारा संविधान संशोधनका लागि जारी गरिएको अध्यादेश खारेजीको माग सहित उनीहरु सडक आन्दोलनमा छन् ।
चार दलीय उच्चस्तरीय राजनीतिक समितिको सिफरिसका नाममा राष्ट्रपतिद्वरा पटक–पटक संविधान मिचिएको भन्दै उनीहरुले राष्ट्रपतिले राजीनामा दिनु पर्ने वताएका हुन् । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्तिमा पनि विवादास्पद र अख्तियारले नै अयोग्य घोषित गरिएका ब्यक्तिलाई नियुक्त गरिएको भन्दै उनीहरुले राष्ट्रपतिले पदवाट राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले संविधानको संरक्षक मानिएका राष्ट्रपतिवाटै संविधान विपरित कदमहरु चालिएकाले उनले राजीनामा दिनु पर्ने बताए । उनले सरकार चार दलीय सिण्डकेट विरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडी ल्याउने पनि वताए ।

प्रतिक्रिया