खोजखबर

ढुंगा लागेर दुई जनाको मृत्यू

सौर्य अनलाइन २०७० वैशाख २६ गते १२:३५ मा प्रकाशित

ताप्लेजुङ , २६ वैशाख । ताप्लेजुङ जिल्लामा ढुंगा लागेर दुई जनाको मृत्यू भएको छ ।
ढुंगा फुटाउने क्रममा बुधबार माथिबाट खसेको ढुंगाले लागेर फुकुम्बा–१ का पृथ्वीमान बनेम र बुद्धराज बनेमको मृत्यू भएको प्रहरीले जनाएको छ ।
फुकुम्वा–२, घोडेटारस्थित शिरुवाली निम्न माध्यमिक बिद्यालय नजिक घर बनाउने ढुंगा फुटाउने क्रममा माथिबाट ठूलो ढुंगा खसेर लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय