खुकुरी प्रहारबाट बालकको हत्या

hatyaधनकुटा,२६ वैशाख । धनकुटाको आखिसल्ला गाविसमा एक बालकको धारिलो हतियार प्रहार गरि गए राती हत्या भएको छ । अँखिसल्ला ५ एवाईटोलका १२ बर्षीय बालक मनकुमार राईको छिमेकी २१ बर्षीय रामकुमार राई (फिच्चुके) ले खुकुरी प्रहार गरि हत्या गरेका हुन् । गएराती घर नजिकै रहेको कुवाबाट पानी भरेर घर फर्कदै गर्दा रामकुमारले खुकुरी प्रहार गरि गम्भीर घाईते भएका बालकको उपचारको लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना पश्चात् फरार रहेका रामकुमारलाई आज बिहान धनकुटाको मुलघाटबाट पक्राउ गरिएको धनकुटाका प्रमुख प्रहरी उपरीक्षक सुर्यप्रसाद उपाध्यायले बताए । मृतक बालक स्थानीय ठाकुर देवी उच्च माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिए ।

प्रतिक्रिया