खोजखबर

मातातीर्थ औँसी मनाईदै

सौर्य अनलाइन २०७० वैशाख २६ गते ६:११ मा प्रकाशित

काठमाडौँ, २६ वैशाख ।  आज वैशाख कृष्ण पक्षको औंसी तीथि नेपालीहरुले आमको मुख हेर्ने दिनको रुपमा मनाउदै छन् ।
आजको दिनलाई माता तीर्थ औंसीका रुपमापनि मनाउने सचलन छ । आज छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।
आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् र कष्टकर काम सम्झने गर्दछन् ।
आजका दिन दिवङ्गत आमाको सम्झनामा थानकोटनजिक मातातीर्थमा ठूलो मेला लागेको छ ।
आमा नहुनेहरु बिहानै माता तीर्थमा गई स्नान गरि विष्णु र शिवको दर्शन र पूजा गर्दछन् ।

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय