राणा बाह्र वर्षपछि गाउँमा

roj-rana-puthanकाठमाडौं : १२ वर्षमा बगेको खोला फर्कन्छ भन्ने उखानलाई चरितार्थ गरेका छन् नायक तथा निर्माता रोज राणाले । १२ वर्षपछि आफ्नो गृह जिल्ला प्युठान फर्किएर उनले यो उखान चरितार्थ गरेका छन्् । उनी सोमबार प्युठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा आयोजना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको चौथो जिल्ला अधिवेशनका मुख्य अतिथिका रूपमा त्यहाँ पुगेका हुन् ।
१२ वर्षपछि प्युठान पुगेका राणालाई स्थानीयवासीले भव्य रूपमा स्वगत गरे । १३ गाडी र ७० भन्दा बढी मोटरबाइकको स्कटिङमा त्यहाँ पुगका राणालाई हेर्न ३ हजारभन्दा माथि संख्याका व्यक्तिको उपस्थिति थियो ।
१२ वर्षमा खोलो फर्किएझैँ यो गाउँको छोरो म पनि घर फकिर्एको छु, कार्यक्रममा राणाले भने, ‘आफ्नो गाउँको कलाकारलाई राष्ट्रिय स्तरमा पुर्‍याउन मैले निर्माण गर्न चलचित्रमा गाउँका कलाकारलाई खेलाउँछु । निर्माता संघको भर्खर सम्पन्न निर्वाचनमा सर्वसम्मत उपाध्यक्ष भएका राणाले स्थानीय कलाकारलाई चलचित्र उद्योगमा प्रवेश गराउन आफू निर्माता संघमा गएको उनले बताए ।
रोजले लोकदोहोरी गायकगायिकालाई चलचित्रमा गाउने अवसरका लागि काठमाडौं फर्केलगतै पहल गर्ने बताए । उनले सो अवसरमा आफू राजनीतिमा जानसक्नेसमेत संकेत गरे ।
राणा बिहीबार काठमाडौं फर्कंदै छन् । राणाको यो भ्रमणलाई राजनीतिमा जाने पूर्वतयारीका रूपमा चलचित्र वृत्तमा अहिले विश्लेषण गर्न थालिएको छ । तर, राणाले आफ्नो यो भ्रमण नितान्त व्यक्तिगत भएकाले राजनीतिसँग नजोड्न आग्रह गरे । उनले सौर्यसँग भने, ‘जिल्लावासीले मलाई राजनीतिमा लाग्न आग्रह गरे ।’ भ्रमणका क्रममा जिल्लाका केही ठाउँसमेत घुमेका राणाले जिल्लावासीमा म राजनीतिमा आइदिए हुने मनसाय पाएको सुनाए । (सौस)

प्रतिक्रिया