छविले सुरु गरे लोफर

Lofarकाठमाडौं : नेपाली चलचित्र क्षेत्रमा निरन्तर चलचित्र बनाउने एक मात्र निर्माता हुन् छविराज ओझा । यसै क्षेत्रमा कर्ममा दुई दशकभन्दा लामो समय खर्चेका ओझाले दर्जनाँै चलचित्र निर्माण गरेका छन् । उनले निर्माण गरेका प्राय: सबै दर्शकमा राम्रो छाप छाड्नुका साथै व्यवसाय पनि गरेका छन् ।
यिनै निर्माता छविराज ओझा फेरि अर्को चलचित्र निर्माणमा लागेका हुन् । उनले निर्माण गर्न लागेको चलचित्र हो ‘लोफर’ । चलचित्रको सोमबारदेखि छायांकन सुरु भएको छ । कमलादी स्थित गाणेस मन्दीरमा एकसय आठ लड्डु चढाएकर छलचित्रको छायांकन सुरु गरिएको निर्माता ओझाले जानकारी गराए ।
आºनै होम प्रोडक्सन छविराज ब्यानरमा निर्माण थालेका ओझाले सधँै नायिका लिँदै आएका रेखालाई नसमेटेर रेखाको दुस्मन मानिने आर्यन सिग्देललाई समेटेका छन् । लामो समयपछि छवि ब्यानरमा रेखा आउट भएकी हुन् । छविले आºनो चलचित्रमा रेखालाई नसमेट्नुमा कतिले छवि र रेखाबीचको सम्बन्धमा उत्पन्न कटुता हो भनेका छन् भने कतिले चर्चामा आउने तरिका भनेका छन् । यसपटक भने ‘मैले रेखालाई चलचित्रमा नसमेटेकै हो,’ ओझाले भने, यसमा रेखालाई नराखेर आर्यनलाई भित्र्याएको छु । ‘आर्यन भएको चलचित्रमा कुनै हालतमा रेखा भित्रिन्नन्, यसमा द्विविधा नलिए हन्छ,’ ओझाले थपे ।
लोपरका निर्देशक आदित्यविक्रम शाह छन् । आर्यन, दयाहाङ राई, सागर लम्साल क्षत्री, रजनी केसी, सुशीलराज पाण्डे र कमलमणि नेपालका चलचित्रमा मुख्य भूमिका छ । ३० दिनको छायांकन सेडुल राखिएको यस चलचित्रमा केही दिन गोदावरी आसपासमा स्थानमा छायांकन हुनेछ ।
सोनाल सापकोटाको संगीत, मदन काश्यप घिमिरेको छायांकन, चन्द्र पन्तको द्वन्द्व रहने चलचित्रको छायांकन पाटन, काठमाडांै र वीरगन्जलगायत स्थानमा समेत गरिने निर्माण पक्षले जानकारी गराएको छ । ‘लोफर’ले चढेको केटाको कथावस्तुलाई उठाएको छ । चलचित्रको प्रदर्शन आगामी २५ असोजमा गरिने लक्ष्य लिएको निर्माता ओझाले बताए । (सौस)

प्रतिक्रिया