कार्की विरुद्ध नेविसंघ सडकमा उत्रियो

nepal student uniyanकाठमाडौं, २३ वैशाख । नेपाल विद्यार्थी संघले २०६२/६३ को जनआन्दोलनका दोषीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियूक्ति गर्न गरेको सिफारिसको विरोध गरेको छ ।
नेविसंघका अध्यक्ष रञ्जीत कर्णले सोमबार विज्ञप्ति जारी गरे जनआन्दोलनका दमन गर्न राज्य स्रोत दुरुपयोग गरेका लोकमासिंह कार्कीलाई प्रमुख आयूक्तमा सिफारिस गर्ने संवैधानिक परिषदको निर्णयको विरोध गरेका हुन् ।
‘जनआन्दोलनका दोषीउपर छानविन गरी कारबाहीको सिफारिस गर्न गठित रायमाझी आगोगले दोषी ठहर गरेका पूर्व मुख्यसचिव लोकमानसिहं कार्कीलाई अख्तियार प्रमुख बनाएकोमा नेविसंघ केन्द्रीय समिति खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
नेविसंघले कार्कीको नियूक्तिको निर्णय तत्काल फिर्ता लिन माग पनि गरेको छ । निर्णय फिर्ता नभए आन्दोलन गर्ने अध्यक्ष रञ्जीतको चेतावनी छ ।
यसैबीच, प्रमुख चार राजनीतिक शक्ति र परिषदको निर्णय विरुद्ध नेविसंघले आजै राजधानीमा प्रदर्शन समेत गरेको छ । नेविसंघले कार्कीको पुत्ला समेत दहन गरेको प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
त्यसै गरेर, नेविसंघले कार्कीलाई अखितयारको प्रमुखमा नियुक्तिका लागि गरिएको सिफारिस विरुद्ध मंगलबार एक घण्टा चक्का जाम र पुत्लादहनको आह्वान गरेको छ । चक्का जाम मुलुक भरिका क्याम्पस अगाडि हुने छन् ।

प्रतिक्रिया