सरकारको काम हेर्दा मंसिरमा पनि चुनाव हुँदैन

Sujata-Koiralaदाङ, २२ वैशाख । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले कुनैपनि राजनीतिक दल वाहिर रहने अवस्थाआए संविधानसभाको चुनाव असम्भव हुने बताएकी छन् ।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आइतबार घोराहीमा आयोजना गरेको साक्षात्कारमा कोइरालाले सफल संविधानसभाको निर्वाचनका लागि सवै दलहरुलाई समेटेर लैजानुपर्ने बताईन् । उनले नेकपा–माओवादीले राखेका मागलाई पनि सम्बोधन गरेर निर्वाचनमा जानु पर्ने बताईन् ।
सरकारले चुनावी प्रकृयालाई तदारुकताका साथ अघि बढाउन नसकेको बताएकी उनले भनिन्, ‘मंसिरमा पनि निर्वाचन हुनेमा अझै शंका लागेको छ ।’
उनले मंसिरमा पनि चुनाव हुन नसके त्यसको सम्पूर्ण जिम्मेवारी चारदलका र्शीष नेताहरुले लिनुपर्ने बताईन् ।

प्रतिक्रिया