नेपालको बर्मुडामाथि जित

iccबर्मुडा २०, वैशाख । बर्मुडामा जारी डिभिजन थ्री क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले जित हात पारेको छ । बुधबार राति सेन्ट डेभिस क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले १०७ रनको लक्ष्य ११.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो । फराकिलो जितसँगै नेपालले डिभिजन थ्रीको सम्भावनालाई जीवित नै राख्यो । यसअघि नेपाल अमेरिका र युगान्डासँग पराजित भएको थियो ।

नेपालका नटआउट रहँदै ३४ र पारस खड्काले ४६ रन प्रहार गरे । यी दुईले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे । पारसले २७ बलमा ४६ तथा ज्ञानेन्द्रले २० बलमा ३४ रन जोडे । म्यान अफ द म्याच घोषित पारसले विस्फोटक ब्याटिङ गर्दै चार चौका र तीन छक्का प्रहार गरे । नेपालका सुभास खकुरेलले ६ तथा अनिल मण्डलले १६ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बर्मुडा ३८.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०६ रनमा सीमित भयो । बर्मुडालाई कम योगफलमा सीमित गर्ने क्रममा पारसले १० ओभरमा ३१ रन खर्चिंदै चार विकेट लिए । यसैगरी, वसन्त रेग्मीले १० ओभरमा २० रन खर्चिंदै तीन विकेट लिए । बर्मुडाका लागि स्टेभन आउटरब्रिजले सर्वाधिक २९ रन जोडे ।
अन्य खेलमा युगान्डाले इटालीलाई २३ रनले र अमेरिकाले ओमनलाई दुई विकेटले पराजित गर्‍यो । बुधबार सबैले तीन खेल खेल्दा अमेरिका र युगान्डाले ६, ६ अंक जोडेका छन् । यसैगरी, नेपाल, ओमन र बर्मुडाको दुई अंक छ । इटालीले कुनै अंक जोडेको छैन । एजेन्सी

प्रतिक्रिया