गाउँमै सेवा पाउने भए जनताले

भैरहवा,१९  बैशाख । सरकारी सेवामा सर्वसाधारणको पहुच अभिवृद्धि गर्ने उद्धेश्यले आज देखी रुपन्देहीका गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरिएको छ ।
घुम्ति शिवीर मार्फत गाउँमै सम्पुर्ण सरकारी सेवा प्रदान गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थिले बताए ।
जेठ ७ सम्म सञ्चालन हुने घुम्ती शिविर जिल्लाका ५ ठाउँमा आयोजना गरिएको छ । शिविरमा नागरिकता वितरण, मतादाता नामावली संकलन, निशुल्क स्वास्थ्य शिविर, मालपोत, पशु, नापी लगायत सरकारी सेवा प्रदान गरिने छ ।
जिल्लाको प्रशासन, निर्वाचन कार्यालय, मालपोत, कृषी, स्वास्थ्य लगायत सबै विषयगत कार्यालयबाट प्रदान गरिने सेवा सुविधा अब गाउमै प्रदान गर्न लागिएको सहायक प्रजिअ कृष्ण प्रसाद खनालले जनाए । बैशाख २० गतेदेखी २४ गतेसम्म खैरेनीमा, बैशाख २३ गतेदेखी २७ सम्म पर्रोहाको पर्रोहा उच्च माविमा, बैशाख २७ देखी ३१ सम्म सौफर्साटिकरमा बेशाख २९ देखी जेठ ३ सम्म लुम्बिनी आदर्श मावि भगावानपुरमा जेठ ३ गतेदेखी ७ गतेसम्म फरेना केन्द्रमा शिविर सञ्चालन गरिनेछ ।
सरकारले देशभर घुम्ती शिविरको आयोजना गरिएको छ ।

प्रतिक्रिया