प्रधानन्यायाधीश पद छाड्न रेग्मीलाई सुझाव

Madhav nepal1विराटनगर, १८ वैशाख । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अन्तरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पुन: सुझाव दिएका छन् ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरागर्दै नेपालले विरोधमा उत्रिएका दलहरुको मागलाई सम्बोधन गर्न पनि रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने बताए । ‘संविधानसभा निर्वाचनको विरोधमा उत्रिएका दलहरुको माग सम्बोधन गर्न अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु पर्छ,’ उनले भने ।
नेता नेपालले आन्दोलनरत दलहरुलाई पनि सहमतिमा आउन आग्रह गरे । निवाचन आयोगले दलदर्ता अभियान सुरु गरिसकेको बताउँदै उनले निर्वाचनको मिति छिटो घोषणा गर्न पनि माग गरे । ‘निर्वाचनको बहिष्कार गर्नु लोकतन्त्रविरुद्धको षड्यन्त्र हो,’ उनले भने ।

प्रतिक्रिया