सहकार्य हुन्छ, कार्यगत एकता हुदैन: पौडेल

Ramchandra-Poudelसुर्खेत, १८ वैशाख । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफूहरुले कुनै पनि राजनीतिक दलसँग कार्यगत एकता नगर्ने बताएका छन् ।
सुर्खेतमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले संविधानसभा निर्वाचनमा कांग्रेसले दलहरुसँग कार्यगत गर्ने पक्षमा नरहेको बताए । ‘लोकतन्त्रमाथि अझै पनि प्रहार भइरहेकाले लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य हुन सक्छ,’ उनले भने, ‘कार्यगत एकता भने हुँर्दैन ।’
उनले नेकपा–माओवादीलगायतका राजनीतिक शक्तिहरु चुनावबाट डराई रहेको आरोप लगाए । ‘स्वतन्त्र न्यायपालिकाको प्रमुखलाई चुनावी सरकारको नेतृत्व सुम्पिदा पनि डराउनु हुदैन,’ उनले भने ।

प्रतिक्रिया