घाँस काट्ने क्रममा महिलाको मृत्यू

Rolpa Districtरोल्पा, १७ वैशाख । रोल्पामा भिरबाट लडेर आज एकजना महिलाको मृत्यू भएको छ ।
गाउँ नजिकै रहेको भिरमा घाँस काट्ने क्रममा लडेर राँक–२, खहरेकी ४८ वर्षीया भीउमाली वलीको मृत्यू भएको परिवारजनले जनाएका छन् । उनको घटनास्थलमै मृत्यू भएको थियो ।
बिहानै घाँस काट्न जंगल गएकी वली दिउँसो अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा शव जंगलमा फेला परेको थियो ।

प्रतिक्रिया