परीक्षा मर्यादित बनाउन ज्ञापन

बारा : वैशाख १७ गतेदेखि सुरु हुन लागेको कक्षा १२ को परीक्षा र ३१ गतेदेखि हुने कक्षा ११ को परीक्षा मर्यादित बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाइएको छ । नगर सुधारक संघर्षशील समिति कलैयाका अध्यक्ष चन्द्रकिशोरप्रसाद साहले परीक्षालाई मर्यादित बनाउन १५ बुँदे सुझावसहित ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रको बोधार्थ उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमी भक्तपुर र जिल्ला प्रहरी कार्यालय बारालाई बुझाइएको छ । (सौर्स)

प्रतिक्रिया