नेपाल र अमेरिकाबीच लगानी आदानप्रदान

काठमाडौं, १५ वैशाख । अमेरिकामा रहेका नेपाली लगानीकर्ताको संस्था अमेरिका नेपाल चेम्बर अफ कमर्शले दुई देशबीच लगानी आदानप्रदानका लागि सक्रिय हुने जनाएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अमेरिका नेपाल चेम्बर अफ कमर्शका कोषाध्यक्ष अनिल पाण्डेले नेपाल र अमेरिकाबीच लगानी प्रवद्र्धनका लागि साथै व्यापार विस्तारका लागि सक्रिय रहने जानकारी दिए । ‘नेपाली व्यवसायीले अमेरिकामा र अमेरिकाका नेपालीले नेपालमा जलविद्युत्लगायतका क्षेत्रमा लगानी गर्न चाहेमा समन्वय र सहजकर्ताको काम चेम्बरले गर्छ ।’ उनले भने, ‘नेपालमा ठोस कार्य गर्नका लागि योजना बनाइरहेका छौँ ।’
एक बर्ष अघि गोकुल पौडेलको अध्यक्षतामा बनेको चेम्बरको उपाध्यक्षमा राम लामा, महासचिवमा ऋषि ढकाल र सचिवमा राजेन्द्र शिवाकोटी छन् । चेम्बरमा आवद्ध व्यवसायीहरूले मात्र अमेरिकामा १० करोड डलर बराबरको कारोबार गरिरहेका छन् । नेपालमा उत्पादित पश्मिना, कफी, चिया, हस्तकलाका सामान लगायत अमेरिका आयात गर्नुका साथै नेपालको जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले संस्था स्थापना गरिएको पाण्डेले जानकारी दिए । ‘अमेरिका बस्ने नेपालीहरू जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्न तयार छन् तर लगानीको लागि वातावरण सरकारले बनाउनुपर्छ ’उनले भने ।

 

प्रतिक्रिया