‘सरकारको नियतमै शंका’

lilamaniचितवन, १४ बैशाख । एनेकपा माओवादीका पोलिटब्युरो सदस्य लिलामणी पोख्रेलले निर्वाचनको मिति घोषणा गर्न ढिलाई भएकोमा सरकारप्रति असन्तुष्टि जनाएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंगको कुराकानीमा उनले सरकारले निर्वाचनको मिति घोषणा गर्नेमा नै आशंका व्यक्त गरे । नेता पोख्रेलले भने, प्रमुख ४ राजनैतीक दलहरुबीच आगामी असारको पहिलो साता भित्र चुनाव गर्ने सहमती भएपनि यो कार्यान्वयनमा नआउनुले सरकारको नियतमै शंका उब्जिएको छ । सरकार गठन भएकै महिना दिनभन्दा बढी भईसक्दा समेत निर्वाचनको मिति घोषणा नहुनु आश्चर्यको बिषय भएको टिप्पणि गरे ।

प्रतिक्रिया