दाहाल दिल्ली प्रस्थान

काठमाडौं १४ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफु राष्ट्रको प्रतिनिधित्व गर्दै भारत जान लागेको प्रतिक्रिया दिएका छन् ।
भारत जानुअघि त्रिभुवन विमास्थलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले आफु पार्टी अध्यक्ष भएपनि राष्ट्रको प्रतिनिधित्व गर्दै भ्रमण हुन लागेको बताए । उनले चीनमा जस्तै भारतमा पनि नेपालको आर्थिक विकासमा आफुले जोड दिने बताए । उनले भने–नेपालको जलश्रोत, पर्यटन र भौतिक विकासमा भारतको सहयोगका लागि प्रस्ताव राख्छु । उनले भारतमा विगतका असहमतीका कुरा नगर्ने उल्लेख गरे । दाहाल दिउँसो जेट एयरवेजबाट दिल्ली उडेका थिए । दाहालका साथमा पत्नी सिता दाहाल, विदेश विभाग प्रमुख कृष्ण महरा र सहयोगी शिव खकुरेल छन् । भारत भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च सरकारी प्रतिनिधीका साथै विपक्षी दलका नेताहरुसंग दाहालले भेटघाट गर्नेछन् । एकहप्ताको चीन भ्रमण लगत्तै उनी दिल्ली उडेका हुन् ।

प्रतिक्रिया