भारतसंग पनि त्रिदेशीय साझेदारीको प्रस्ताव राख्ने

Post-Bd-Bogatiकाठमाडौ, १३ बैशाख । एकीकृत नेकपा माओवादीका महासचिव पोष्टबहादुर बोगटीले अध्यक्ष पुष्पकमल दाहालले आसन्न भारतभ्रमणका क्रममा त्रिदेशीय साझेदारीको प्रस्ताव राख्ने बताएका छन् ।
भारतीय पक्षले तत्काल त्रिदेशीय साझेदारीको आवश्यकता नरहेको स्पष्ट पारेपनि माओवादी महासचिव बोगटीले दाहालले भारत सररकासंग सो प्रस्ताव राख्ने बताए । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चीन, भारत र नेपालवीचको त्रिदेशीय साझेदारीको कुरा अहिले नै परिपक्व भईनसकेको धारणा आए पनि कालान्तरणमा गएर यो कुरा सम्भव हुने दावी गरे ।
उनले अध्यक्ष दाहालको भारत भ्रमणले भारतसंगको सम्बन्ध नयाँ ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरे । महासचिव बोगटीले दाहालको भ्रमण पार्टीगत र सद्भाव भ्रमण भएको बताए । दाहाले चीन भ्रमणका क्रममा त्यहाँको नेतृत्वसंग पनि त्रिदेशीय साझेदारीको प्रस्ताव राखेका थिए । चीन पक्ष दाहालको प्रस्तावप्रति सकारात्मक देखिएपछि हौसिएका दाहालले भारतमा पनि सोही प्रस्ताव राख्ने बताए पनि भारतले दाहालको प्रस्तावलाई अपरिपक्वको संज्ञा दिइसकेको छ ।

प्रतिक्रिया