‘लोकतन्त्रको रक्षाका लागि निर्वाचन अपरिहार्य’

Jhalnath-khanalललितपुर, १३ बैशाख । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले लोकतान्त्रिक व्यबस्थालाई बलियो बनाउन निर्वाचनको बिकल्प नरहेको बताएका छन् ।
एमालेका पुर्वअध्यक्ष स्व. मनमोहन अधिकारीको १४ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले निर्वाचन गराउन विभिन्न खाले चुनौतीहरु रहेपनि सहमती र सम्बादबाट नै सबै समस्याको समाधान खोजिनु पर्नेमा जोड दिए । उनले निर्वाचनमार्फत देशलाई उचाईमा लैजानुपर्ने धारणा व्यक्त गरे । लोकतान्त्रिक संविधान बनेमात्र मनमोहन अधिकारीप्रति सच्चा न्याय हुने उल्लेख गर्दै अध्यक्ष खनालले भने, ‘लोकतन्त्रप्रति अटुट विश्वास, स्वाभिमान र राष्ट्रिय स्वार्थमा प्रतिवद्धता स्वर्गिय अधिकारीका मान्यता थिए ।’ उनले सबै राजनीतिक दललाई निर्वाचनको वाताबरण बनाउन आग्रह गरे । मंसिरसम्म निर्वाचन हुने दावी गर्दै अध्यक्ष खनालले चुनावी अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले कम्युनिष्ट आन्दोनलका नाममा विभाजन र विकृती हावी भएको उल्लेख गर्दै निष्ठा र ईमान्दारीताको राजनीतिलाई अंगिकार गर्नसके स्व.अधिकारीप्रति सच्चा श्रद्धान्जली हुने बताए ।

प्रतिक्रिया