माओवादी अध्यक्षलाई नेता नेपालको व्यंग

neरौतहट, १२ बैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ‘पावरवाला चस्मा’ लगाउन व्यंगात्मक सुझाव दिएका छन् ।
माओवादी अध्यक्ष दाहालले देशमा एमाले भन्ने पार्टी छैन भन्ने अभिव्यक्ति दिएपछि आक्रोशित बनेका नेता नेपालले आज रौतहटमा आयोजित पत्रकार सम्मेलनमा एमाले जस्तो लोकतान्त्रिक पार्टी नदेख्ने दाहालको आँखामा कमजोरी भएको भन्दै व्यंग गरे । उनले भने, ‘देशकै एक ठूलो लोकतान्त्रिक पार्टी एमाले छैन भन्नुले दाहालको आँखाको पावर कम भएको भन्ने संकेत गर्छ, त्यसैले उनलाई राम्रो पावरवाला चस्मा प्रयोग गर्न मेरो सुझाव छ ।’ हिजो मात्रै नेता नेपालले व्यंगात्मक शैलीमा दाहाललाई कराँची गएर उपचार गर्न आग्रह गरेका थिए ।
उनले केहि राजनीतिक दलहरु लोकतन्त्र विरुद्ध लागिपरेको दावी गर्दै एमालेले त्यस्ता राजनीतिक दलको सपना पुरा हुन नदिने जिकिर गरे । असन्तुष्ट राजनीतिक दलहरुलाई सहमतीमा ल्याएर निर्वाचन गराउनु नै सरकारको प्रमुख कार्यभार रहेको नेता नेपालले उल्लेख गरे । साथै उनले आगामी संविधानसभा निर्वाचनको तयारीमा जुट्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया