‘निर्वाचनमा माओवादीसंग सहकार्य हुँदैन’

mahanthवीरगञ्ज १२ बैशाख । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी संविधान सभा निर्वाचनमा एकीकृत नेकपा माओवादीसंग सहकार्य नहुने स्पष्ट पार्नुभएको छ । आज वीरगञ्जमा पत्रकारहरुसंग कुरा गर्दै तमलोपाका अध्यक्ष ठाकुरले तराई मधेश केन्द्रीत राजनीतिक दलहरुबीच निर्वाचनमा सहकार्य गर्नेबारे छलफल भईरहेकाले माओवादीसंगको गठबन्धन टुट्ने बताए । उनले मधेशी दलहरुसंगको छलफल अन्तिम चरणमा पुगेको र चाँडै निष्कर्श निष्कने विश्वास व्यक्त गरे । अहिले मधेशी जनाधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिक, जेपी गुप्ता संयोजक रहेको तराई मधेश अभियानलगायतका दलहरुसंग चुनावी सहकार्यका बारेमा छलफल भईरहेको छ, अध्यक्ष ठाकुरले भने, ‘मधेशी दलहरुबीच सहकार्य भए त्यसै दिन देखि माओवादीसंगको सहकार्य पनि टुट्छ ।’ उनले संविधान सभा निर्वाचनको विकल्प नरहेको बताउँदै मंसिरमा निर्वाचन हुने ठोकुवा गरे । चुनाव नै मुख्य कार्यभार रहेको बर्तमान सरकारले निर्वाचन गराउनेमा आशंका व्यक्त नगर्न दलहरुलाई अध्यक्ष ठाकुरले आग्रह गरे । बैद्य नेतृत्वको नेकपा माओवादीलाई समेत उच्च स्तरीय राजनीतिक संयन्त्रमा ल्याएर चुनावी वातावरण बनाउनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया