कब्जा घरजग्गा फिर्ता गर्न समाजको माग

Kul-Bahadur-Gurungकाठमाडौं, १० वैशाख । द्वन्द्वपीडित राष्ट्रिय समाजले माओवादीद्वारा कब्जा भएका घरजग्गा फिर्ता गराउन सरकारसँग पुन: माग गरेको छ ।
समाजका पदाधिकारीले आज सिंहदरबारमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग भेट गरेर युद्धकालमा माओवादीद्वारा कब्जा भएका घरजग्गा र सम्पत्ति फिर्ताका लागि पहल गर्न माग गरेका हुन् । जवाफमा अध्यक्ष रेग्मीले सो विषयमा आफूले कब्जा घरजग्गा सम्पत्ति फिर्ता गराउन पहिल गर्ने आश्वासन दिएका छन् ।
सञ्चारकर्मीसँग कुरागर्दै समाजका अध्यक्ष एवं कांग्रेस नेता कुलबहादुर गुरुङले माओवादीले युद्धकालमा कब्जा गरेका घरजग्गा तथा सम्पत्ति फिर्ता गराउन माग गरिएको बताए । ‘शान्ति प्रक्रिया टुंगियो भन्छन्,’ उनले भने, ‘अहिले सम्म माओवादीले कब्जा गरेको घरजग्गा फिर्ता भएको छैन ।’
‘अघिल्ला सरकारले केही गरेनन् । यो सरकारले केही गर्छकी भने माग राखेका छौं,’ उनले प्रतिप्रश्न गर्दै भने, ‘पीडितहरु अझै पीडित छन् ।’
शान्ति प्रक्रिया टुंगिसक्दा पनि विभिन्न राजनीतिक आस्था राख्ने नेता तथा कार्यकर्ताले माओवादीका तर्फबाट कब्जा भएको घर जग्गा र सम्पत्ति अझै फिर्ता पाएका छैनन् ।

प्रतिक्रिया