राष्ट्रिय टिमका १६ छनोट

taekowondo-selectionकाठमाडौं, १० वैशाख । तेक्वान्दोको राष्ट्रिय टिम छनोट सोमबार पूरा भएको छ । लैनचौरमा भएको प्रतियोगिताबाट समान ८–८ पुरुष र महिला गरी १६ खेलाडी छानिए । पुरुषको ५४ केजीमा ताराकुमार रायमाझी, ५८ केजीमा रञ्जन श्रेष्ठ, ६३ केजीमा रोहित तामाङ, ६८ केजीमा सुजन जोशी, ७४ केजीमा सक्षम कार्की, ८० केजीमा अनोज पुजारी, ८७ केजीमा गोपाल पुटुवार तथा ८७ केजीमाथि मानबहादुर वाइबा छानिए ।

नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको ४६ केजीमा रेजिना कार्की, ४९ केजीमा यानकुमारी चौलागाईं, ५२ केजीमा सीता तामाङ, ५७ केजीमा प्रतिमा चन्द, ६२ केजीमा मनिता शाही, ६७ केजीमा मिरा काफ्ले, ७२ केजीमा प्रतिक्षा भण्डारी तथा ७२ केजीमाथि निशा रावल छनोट भए । छनोट प्रतियोगिता विशेष गरी इन्डोनेसियामा हुने एसियाली तेक्वान्दो च्याम्पियनसिप तथा मेक्सिकोमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिपका साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गरी आयोजना गरिएको तेक्वान्दो संघले जनाएको छ । छनोटमा कुल ४० जनाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया