बाजुरामा १५ थान हतियार संकलन

Banduk-Rolpaबाजुरा, ९ वैशाख । बाजुरा जिल्लामा प्रहरीले १५ थान भरुवा बन्दुक संकलन गरेको छ ।
हातहतियार बुझाउन दिईएको ३५ दिने सार्वजनिक सूचनाका क्रममा आज एकै दिन १५ थान लाईसेन्स र बिनालाईसेन्सका भरुवा बन्दुक संकलन भएको प्रहरीले जनाएको छ । मानाकोट, जुगाडा, कोल्टी, पाण्डूसैन, कोटिला गाविसबाट हतियार संकलन भएका हुन् ।
स्थानीयले कोल्टी विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीलाई ति हतियार बुझाईएका थिए । फाईल तस्विर

प्रतिक्रिया