टीकोटालो गरेर भाग्दा पाँच लाख जरिवाना

चितवन : रत्ननगरका एक युवा बिहेका लागि टीकोटालो गरेर भागेपछि उनको परिवारले केटी पक्षलाई ५ लाख तिर्नुपर्ने भएको छ । दुई परिवारबीच उत्पन्न विवाहसम्बन्धी विवाद केटी पक्षलाई क्षतिपूर्ति दिने सहमतिमा टुंगिएको छ ।
टीकोटालोपछि बिहे गर्न अस्वीकार गरी रत्ननगर–३ का सुजन खनाल भागेपछि केटी पक्षकाले सडक अवरुद्ध गरेका थिए । प्रहरीले दुवै पक्षलाई बोलाएर सहमति गराएको हो । केटा पक्ष क्षतिपूर्तिस्वरूप पाँच लाख दिन सहमत भएपछि विवाद टुंगिएको प्रहरीले जनाएको छ । (सौस)

प्रतिक्रिया