चार दलको सिन्डिकेटले मुलुक चल्दैन: नेपाल

Madhav nepal1भक्तपुर, ७ बैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले उच्चस्तरीय राजनीतिक संयन्त्रको विरोध गरेका छन् । एमालेसमेत सहभागि रहेको राजनीतिक संयन्त्रलाई चार दलको सिन्डिकेट भन्दै नेता नेपालले चार दलले मात्र मुलुक नचल्ने दावी गरे ।
नेपाल बुद्धिजीवी परिषद् भक्तपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बरिष्ठ नेता नेपालले सबै दललाई मिलाएर जान सके मात्र मुलकले निकास पाउने बताए । उनले अन्तरीम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश
पदबाट राजिनामा दिनुपर्नेमा जोड दिए । एउटै व्यक्ति न्यायपालिका र कार्यपालिकाको प्रमुख हुँदा धेरै राजनीतिक दलहरुले विरोध जनाईरहेका छन्, नेता नेपालले भने, ‘सबैलाई सहमतीमा ल्याउन पनि रेग्मीले प्रधान्यायाधीशबाट राजीनामा दिनुपर्छ ।’

प्रतिक्रिया