दिल्लीमा नेपाली युवतीको सामूहिक बलत्कार

Balatkar 4नयाँ दिल्ली, ५ वैशाख । भारतको राजधानी नयाँ दिल्लीमा नेपाली युवतीको सामूहिक बलत्कार भएको छ ।
सिन्धुपाल्चोक जिल्ला स्थायी घर भएकी सुनिता तामाङ (नाम परिवर्तन)लाई बिहीबार राति साउथ एक्स्टेन्शन नजिकैबाट अपहरण गरेर तीन जनाको समूहले सामूहिक बलात्कार गरेको नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिए । सुनिता शुक्रबार बिहान नयाँ दिल्लीस्थित नानकपुराको फ्लाइओभरमा अर्धनग्न अवस्थामा भेटिएकी थिइन् ।
बलात्कारको घटनामा संलग्नमध्ये दुई जनाको पहिचान भईसकेको छ । भारतीय प्रहरीको सहयोगमा बलात्कारमा संलग्न नेपालीसहित तीन जना भियुक्तको खोजी भईरहेको पाण्डेले बताए ।
बलात्कृत भएकी युवतीको दिल्लीस्थित सदरजंग अस्पतालमा उपचार भईरहेको छ । बलात्कृत सुनिताको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जनाएका छन् ।
पीडितको बयानका आधारमा बलात्कारमा संलग्नहरुको पहिचान भएको अध्यक्ष पाण्डेले बताए । गतवर्ष पनि नेपाली छात्रा भारतमै बलत्कृत भएकी थिइन् ।

प्रतिक्रिया