युनिकको साढे दुई करोड सञ्चालन नाफा

काठमाडौं : युनिक फाइनान्सले आव ०६९/७० को चैत मसान्तसम्ममा २ करोड ५७ लाख सञ्चालन नाफा आर्जन गरेको छ । हाल २० करोड चुक्ता पुँजी रहेको संस्थाले चैत मसान्तसम्ममा करिब ४० करोड निक्षेप संकलन तथा ४२ करोड कर्जा लगानी गरिसकेको छ । संस्थाको चैत मसान्तको कर्जा निक्षेप अनुपात ६६ दशमलव ६६ प्रतिशत रहेको छ भने पुँजीकोष ४४ दशमलव ८१ प्रतिशत रहेको छ ।

हाल कम्पनीले विभिन्न बचत योजना सञ्चालनमा ल्याएको छ । ती योजनामा ८ देखि १० प्रतिशतसम्म ब्याज दिने गरेको छ भने हायर पर्चेज, हाउजिङ, व्यापारिक, औद्योगिक, रियल स्टेट तथा शैक्षिक कर्जाअन्तर्गत कर्जाहरू प्रदान गर्दे आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया