कौशल र गैरे गुडगाउँमा

kaushalकाठमाडौं : गायक अर्जुन कौशल र गायिका मिनु गैरेलले नयाँ वर्ष दिल्लीमा मनाएका छन् । कौशल र गैरलाई यो अवसर नेपाली सांस्कृतिक परिवार भारतले दिलाएको हो ।
नेपाली सांस्कृतिक परिवारले आयोजना गरेको सातौँ नेपाली सांस्कृतिक कार्यक्रममा कौशल र गैरेको आफ्ना सांगीतिक प्रस्तुति राखे । उनीहरूलाई स्थानीय नेपाली कलाकारले समेत साथ दिएका थिए । ‘भारतमा रहेका नेपालीसँग नयाँ वर्ष मनाउन पाउँदा एकदमै खुसी लाग्यो दिल्लीबाट भर्खर फर्किएका गायक कौशलले भने ।
नेपाली सांस्कृतिक परिवार गुडगाउँमा बस्दै आएका नेपालीका सांस्कृतिक संगठन हो । यसले विगत सातदेखि निरन्तर नयाँ वर्षमा नेपाली कलाकारको उपस्थितिमा कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रममा पहिलोपटक सहभागी भएका कौशल यसले आफूलाई निकै उत्साह र हौसला मिलेको बताए । केही दिनअघि रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका कौशल पछिल्लो समयमा कार्यक्रममा व्यस्त हुन थालेका छन् । केही दिन पछाडि आफ्नो नेपालगन्जमा आफ्नो कार्यक्रम रहेको उनले बताए । (सौस)

प्रतिक्रिया