त्रियुगा सम्मान प्रदान

Triyuga-Sammanकाठमाडौं : ‘त्रियुगा सम्मान साझ ०६९’ बाट विभीन्न कलाकर्मी सम्मानित भएका छन् । न्यु चिल्ड्रेन होमको सहयोगार्थ त्रियुगा फिल्मस् एन्ड एडभरटाइजिङ प्रालिले आइतबार साँझ आयोजना गरेको कार्यक्रममा हास्य अभिनेत्री वसुन्धरा भुसाल, चलचित्रकर्मी नीर शाह, सदाबहार नायक भुवन केसी, नवोदित नायक संयम पुरी, विक्रम ढुंगाना, तेजमान तामाङ (मिलन) र चिनियाँ नागरिक हु–सुदा सम्मानित भए । सम्मानित हुनेलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले ताम्रपत्र प्रदान गरे ।
कार्यक्रममा पार्वती राई, हरिसा बानियाँ र शंकर बिसीको नृत्यद्वारा माहोल तताए भने नारद खतिवडा, आरपी भट्टराई (लाजालाम) र गणेश इशाराले हास्य प्रस्तुत गरे । न्यु चिल्ड्रेन होमका बालबालिकाहरूका लागि एक लाख रुपियाँको चेक सहयोग प्रदान गरिएको कार्यक्रममा योजना पुरी, हिमाल सागर, अर्पण श्रेष्ठलगायतका कलाकारहरूका उपस्थिति थियो । (सौस)

प्रतिक्रिया