सिटिजन्स बैंक टेनिस

ennisकाठमाडौं : जितेन्द्र परियार र छेवाङ लामा दोस्रो सिटिजन बैंक टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा भिड्ने भएका छन् । जितेन्द्रले श्रीयान्स कार्कीलाई ६–० र ६–१ अंकले तथा छेवाङले आत्मराम कार्कीलाई ६–४ र ६–१ अंकले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा सञ्चालन भएको मेन्स सिंगलको अन्य क्वार्टरफाइनलमा विजयी हुँदै सन्तोष खत्री र कमल भण्डारीले पनि सेमिफाइनलको भेट निश्चित गरेका छन् । सन्तोषले दावा शेर्पालाई ६–३ र ६–१ अंकले हराएका थिए भने कमलसँग ६–४ अंकले पछि परेको अवस्थामा राजु श्रेष्ठले खेल परित्याग गरेका थिए ।
त्यसैगरी ५५ वर्षमाथि श्यामबहादुर थापामगरले फादर म्याथुलाई ६–० र ६–२ अंकले, दीपक श्रेष्ठले वीरेन्द्र श्रेष्ठलाई ६–० र ६–१ अंकले, ज्ञानेन्द्रमान ताम्राकारले रत्नबहादुर गुरुङलाई ६–२ र ६–२ अंकले तथा डेनेभ लामाले ध्रुव गुरुङलाई ६–१ र ६–२ अंकले हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । अखिल नेपाल लनटेनिस संघको आयोजनामा सञ्चालित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि विष्णुप्रसाद गैरे, काजिमान गुरुङ, सुशीलराज पाण्डे गोपालदास मानन्धरले प्री–क्वार्टरको यात्रा तय गरेका छन् । (सौस)

प्रतिक्रिया