जुवाडे उपसचिवलाई कारबाही हुने

sarkar logoकाठमाडौं : गृह मन्त्रालयले क्यासिनोको खालबाट रंगेहात पक्राउ परेका उपसचिव भवनाथ भट्टराईलाई विभागीय कारबाही गर्ने भएको छ ।
गृहका प्रवक्ता शंकर कोइरालाले उपसचिव भट्टराईले कानुनविपरीत काम गरेकाले विभागीय कारबाही हुने निश्चित रहेको जानकारी दिएका छन् । ‘उपसचिव भवनाथ भट्टराई पदीय मर्यादाविरुद्ध जुवाघरमा गएको देखियो,’ प्रवक्ता कोइरालाले भने, ‘जुन गैरकानुनी छ । उहाँलाई विभागीय कारबाही हुने निश्चित छ ।’
मातहतका कार्मचारीले कानुन तथा आचरणविपरीत काम गरेको भेटिए माथिल्लो निकायले विभागीय कारबाही गर्ने व्यवस्था छ । जसअन्तर्गत निलम्बन, ग्रेड रोक्का, बढुवा रोक्का वा भविष्यमा कुनै पनि सरकारी सेवाका लागि योग्य वा अयोग्य ठहरिनेगरी सेवाबाट बर्खास्त हुनेसम्मका कारबाही पर्छन् । कोइरालाले भट्टराईलाई कुन तहको कारबाही हुने विषयमा भने खुलाउन चाहेनन् । भने, ‘यति बुझ्नुस्, उहाँलाई विभागीय कारबाही हुन्छ, कुन तहको हन्छ, त्यस विषयमा नबोलौँ ।’ गृह स्रोतले भने उपसचिव भट्टराईलाई निलम्बन, ग्रेट रोक्का या बढुवा रोक्कामध्ये एक हुनसक्ने बताएको छ ।
विभागीय कारबाही भोगेपछि भट्टराईले अदालती कारबाहीबाट पनि

प्रतिक्रिया