गोपाल र निर्मलाको जनवादी विवाह

Gomal-n-Nirmalaजाजरकोट, १ वैशाख । जाजरकोट जिल्लामा एक जोडीले नयाँ वर्षका अवसरमा जनवादी विवाह गरेका छन् ।
पजारु–२ का गोपाल नेपाली र अर्छानी–३ की निर्मला विश्वकर्माले आइतबार जनवादी विवाह गरेका हुन् । प्रेस चौतारी नेपाल र राष्ट्रिय जनसाँस्कृतिक महासंघ जाजरकोटले उनीहरुको विहेको लगन जुराई दिएको हो ।
नवविवाहित जोडीले विवाहमा लाग्ने फजुल खर्च रोक्न जनवादी विहे गरेको बताए । विवाहका लागि छुट्टाईएको करिव ८० हजार रुपियाँ बचत गरेर उनीहरुले अक्षय कोष खडा गरेका छन् । सोही रकमले पछि अरुको पनि जनवादी विहेमा सहयोग गर्ने योजना रहेको उनीहरुले सुनाए ।
दुलाहले–दुलहीले एकलेअर्कालाई फूलमाला लगाएर विवाह गरेका हुन् ।

प्रतिक्रिया