चौधरीलाई रन सुजको पुरस्कार

काठमाडौ : रन सुजको ‘जुत्तामा रन, आफू जति धन’ उपहार योजनाको १० हजार रुपियाँ प्रदीप चौधरीले प्राप्त गरेका छन् । चौधरीले सो जुत्ता कर्णाली सू सेन्टर धनगढीमा खरिद गरेका थिए । जुत्ता खरिद गर्दा प्राप्त गरेको कार्ड स्क्रयाच गर्दा उनले १० हजार जितेका हुन् । यो उपहार योजना कम्पनीको उत्कृष्ट उत्पादन रन नामक ब्रान्डमा राखिएको छ ।
यस उपहार योजना अन्तर्गत प्रत्येक जोर रन जुत्ता खरिद गर्दा खरिदकर्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् र एउटै कुपनमा दुई वटा स्क्रयाच राखिएको हुन्छ । स्क्रयाचको एकातिर ५० रुपियाँदेखि १ लाख रुपियाँसम्म वा ५ देखि १ सय प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।
यो योजना मंसिर मसान्तसम्म लागू गरिएको छ । जुत्तामा रन आफूजती धन योजनाले उपभोक्ताको आकांक्षा तथा बिक्रेताको चाहनालाई समेटने दाबी कम्पनीले गरेको छ । रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बजारमा यस ब्रान्डका स्पोर्टस् सुज, पार्टी सुज, स्कुल सुज, क्याजुयल सुज, आदि उपलब्ध छन् र यस ब्रान्डका सम्पूर्ण जुत्तामा ६ महिनाको वारेन्टी दिइँदै आएको जानकारी दिए । कम्पनीले यसै सातामा नयाँ शैक्षिक सत्रलाई ध्यानमा राखी छात्र एवं छात्रा दुवैलाई उपयुक्त हुने गरी स्कुल सुजसमेत ल्याएको छ ।

प्रतिक्रिया