१२ बर्ष पछि ब्यूतियो साझा बस

Sajha-Yatayatललितपुर, ३१ चैत । चरम राजनीतिक हस्तक्षेपका कारण बन्द रहेको साझा यातायातको सेवा शनिबारबाट पुन: सुरु भएको छ ।
सरकारका मुख्य सचिव लीलामणि पौडेलले साझा बस सञ्चालनको सुरुवात गरिदिएका हुन् । पौडेलले १५ रुपियाँको भाडा तिरेर बसमा चढे पछि सेवा सुरु गरिएको हो । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले टिकट काटेका थिए ।
साझा यातायातले राजधानीमा तत्कालका लागि १६ वटा बस दुई रुटमा सञ्चालन गरेको जनाएको छ । बस ५४ वटा सिट क्षमताका हुन् । विहान पाँच बजे देखि राति एघार बजे सम्म बस चल्ने छन् । बस १५ देखि २५ मिनटको फरकमा छुट्ने व्यवस्था गरिएको छ ।
बसमा चढ्न अनिर्वाय टिकट लिनुपर्ने छ भने महिला, अपाङगका लागि सिट आरक्षणको व्यवस्था छ । सुरक्षाका लागि बसमा सीसीटीभी र टेलिभिजनको पनि व्यवस्था गरिएको छ ।

लगनखेलबाट सुरु हुने रुट जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, आएनएसी, जमल, लैनचौर, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोक, बसुन्धरा, सामाखुसी हुँदै गोंगबु बसपार्क पुग्नेछ । कलंकी रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, माईतीघर, बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्टसम्मको रुट तय गरिएको छ ।

प्रतिक्रिया